रविको पार्टीले सरकार छाड्दैमा केही हुन्न, उनीसँग नैतिकता छैन : स्वागत नेपाल (भिडियो वार्ता)
काठमाडौं : फेरि गृह मन्त्रालय नपाए सरकार नै छाड्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चेतावनीको चर्को आलोचना हुन थालेको छ।
रवि लामिछानेको नागरिकता प्रकरणपछि गृह मन्त्रालय गुमाएको राष्ट्रिय स्वतन्त्र पार्टीले अब सोही पदमा दाबी गर्ने नैतिकतासमेत बाँकी नरहेको अधिवक्ता स्वागत नेपालले जिकिर गरे।
अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुरा गर्दै अधिवक्ता नेपालले भने,'राज्यका निकायको शोषणका कारण प्रेम आचार्यले आत्मदाह गरिरहँदा टुलुटुलु हेरेर गृहमन्त्रीकै हैसियतमा गाडी हुँइकाउने रवि लामिछाने सामन्ती हुन्।
गृहमन्त्रालयकै लागि जोड गर्ने लामिछाने आफ्नो मुद्दा ढिसमिस गर्न उद्दत भएको पनि नेपालले आरोप लगाए।
'रवि एकातिर आफ्नो मुद्दा ढिसमिस गर्न चाहान्छन् भने अर्कोतिर आफूलाई यो हविगत बनाउने राज्यसत्तामा बसेकाहरूको दोहोरो नागरिकतालाई पनि पर्दाफास गर्ने अठोटमा लागेकाले पनि उनलाई गृह मन्त्रालय दिन प्रचण्ड हिचकिचाइरहेका छन्', उनले भने।
गृह नपाए सरकार छाड्ने रास्वपाको चेतावनीकै कुनै अर्थ नभएको पनि उनले बताए। रास्वपाले सरकार छाड्दै अहिलेको सरकार अल्पमतमा नपर्ने उनको भनाइ छ।