प्रहरी हिरासत फोडेर १२ दिनमा भाग्ने योजना, ४ दिनमै सफल

प्रहरी हिरासत फोडेर १२ दिनमा भाग्ने योजना, ४ दिनमै सफल

जनकपुरधाम : इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार ६ जनामध्ये चार जना पक्राउ परेका छन्। हातहतियार तथा खरखजाना मुद्दाका आरोपित २८ वर्षीय रोशन महतो सोमबार नै पक्राउ परेका थिए । रोशनलाई फरार भएको १२ घण्टा नपुग्दै प्रहरीले पक्राउ गरेको थियो ।

अर्का अमित मण्डललाई आइतबार उनको घरबाटै पक्राउ गरिएको हो । क्षिरेश्वरनाथ नगरपालिका २ बस्ने २५ वर्षीय  मण्डल माथि शान्तिविरुद्धको अपराधमा मुद्दा चलाइएको छ । 

यसैगरी मंगलबार राति नै मिथिला नगरपालिका ९ बाट हरिदिप सिंह पक्राउ परेका थिए। घटनाका मुख्य योजनाकार क्षिरेश्वरनाथ नगरपालिका –५ का ३५ वर्षीय विनोदकुमार शर्मा बुधबार पक्राउ परेका हुन् ।

उनलाई बुधबार राति १ बजे मथिला नगरपालिका १० स्थित रातु खोलाको बगरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । गत आइतबार राति विभिन्न अभियोग लागेका ६ जना थुनुवा पर्खाल फोडेर फरार भएका थिए ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार हातहतियार तथा खजाना मुद्दाका शर्माले पक्राउ परेका बेलादेखि पर्खाल फोडेर भाग्ने योजना बनाएको बताए । अनुसन्धान अधिकृतले भने, ‘हिरासतमा रहेको सातै जनाको योजना भाग्ने थियो । तर एकजना भाग्न सकेनन् किनकि उनलाई बाहिरबाट तान्ने व्यक्ति कोही भएन।’

नाम नबताउने शर्तमा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले भने, ‘शर्मा र रोशन महतोले पक्राउ परेको दिनदेखि नै भाग्ने योजना बनाएको देखिन्छ । योजना अनुसार हिरासत कक्षको पर्खाल ४ दिन लगाएर कसैले थाहा नपाउने गरी विस्तारै विस्ता फुटाएका हुन्। क्रंक्रिट ईंटाको पुरानो पर्खाल भएकोले सजिलै फुट्ने भएकोले फुटाउन सजिलो भएर विस्तारै विस्तारै योजनालाई अन्जाम दिएको देखिन्छ। उनीहरुले भने १२ दिन लगाएर पर्खाल फुटाउने योजना बनाएका रहेछन् ।’

यसरी भाग्ने बेलामा ६ जना पालैपालो गरी एक अर्काको साहारामा निस्के र अन्तिममा रहेका एक जनालाई निस्कन बाँकी हुँदा छोडेर भागेको अधिकृतको भनाइ छ । उनले भने, ‘एउटा निस्केर बाँकीको हात समातेर बिस्तारै तान्ने र निकाल्ने गरेको देखिन्छ । तर ६ जना निस्किसकेपछि बाँकी रहेको एक जना ननिस्किदै बाहिर आइसकेका सबैले छोडेर भागेको सिसिटिभी फुटेजमा देखिन्छ।’  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.