अर्घाखाँची अस्पतालका बिरामीलाई फलफूल वितरण
सन्धिखर्क: नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) को १७ औ स्थापना दिवसको अवसरमा अर्घाखाँची अस्पताल सन्धिखर्कका बिरामीलाई फलफूल वितरण गरिएको छ।
अर्घाखाँची जिल्ला अस्पतालमा भर्ना भएका बिरामीलाई फलफूल वितरण तथा बिरामीको पूर्ण स्वास्थ्य लाभको कामना गर्दै स्थापना दिवस मनाएको नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)का अध्यक्ष यादवप्रसाद सापकोटाले बताए।