एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्छ : गगन थापा

एमालेको खल्तीबाट राष्ट्रपति बने लोकतन्त्र दुर्घटनामा पर्छ : गगन थापा

कलैया : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेका नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइए संविधान र लोकतन्त्र  दुर्घटनामा पर्ने निश्चित रहेको बताएका छन् । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् । 

थापाले आगामी राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै भने, 'एमालेका कोही नेताले खल्तीबाट निकालेको पात्रलाई यदि राष्ट्रपति बनाइयो भने संविधानका साथै लोकतन्त्र पनि दुर्घटनामा पर्ने निश्चित छ ।'

एमालेका नेताको खल्तिबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाएमा त्यो राष्ट्रपति संवैधानिक राष्ट्रपति नभइ संविधानको परिकल्पना विपरित कार्यकारी राष्ट्रपति बन्ने खतरा रहेको थापाले बताए। उनले भने, 'त्यही भएर मैले प्रधानमन्त्रीलाई भेटेरै भनेको छु एमालेका नेताले खल्तीबाट निकालिएका पात्रलाई राष्ट्रपति बनाइयो भने अहिलेको संवैधानिक अभ्यासलाई डुबाउने छ। किनकि विगतको अभ्यासले यसलाई पुष्टि नै गरिसकेको छ। त्यसकारण विगतको त्यो नियती दोहोर्याउने काम कदापि नगर्नु होला ।'

थापाले देशमा अहिले राष्ट्रपतिको माध्यमबाट समानान्तर सरकार बनाउने प्रपञ्च भइरहेको पनि बताए । त्यसलाई विफल पार्न कांग्रेस उभिएको पनि उनले प्रष्ट पारे ।

कांग्रेस एक पटक सरकारमा नजाँदैमा सबै बर्बाद भयो , पार्टी नै सक्कियो भन्ने जुन धारणा पार्टी भित्र बनाइँदै छ त्यो गलत भएको महामन्त्री थापाले बताए । उनले भने, 'एकपटक सरकारमा नजाँदैमा कांग्रेस बर्बाद भयो भन्ने सोच्नु ठिक होइन, यो कांग्रेसको संगठन सुदृढ र सबल बनाउनेअवसर पनि हो हाम्रा लागि ।'

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सकेलगत्तै आफूहरु हरेक वडा , पालिका र जिल्लामा पुग्ने, संगठनलाई सबल बनाउन तिर लाग्ने उनले बताए ।

अहिलेको शासन व्यवस्थाको प्रणाली उत्कृष्ट भए पनि यसमा भित्रिएका विकृतिका कारण जनतामा निराशा रहेको उनले बताए । उनले भने, 'आम जनतामा चरम निराशा र असन्तुष्टि छ। त्यो कुनै पनि बखत विस्फोट हुन सक्छ। यसले कसलाई कहाँ पुर्‍याउनेछ त्यो भन्न सकिन्नँ।'

उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले अहिलेको सरकार सञ्चारमैत्री नभएको आरोप लगाए । उनले भने, 'सरकार सुचनाको हकलाई नै कुण्ठित गर्ने प्रयासमा छ, त्यसका विरुद्ध प्रेस युनियन सडक आन्दोलनमा उत्रिने तयारी गरिरहेको छ।'

उनले विगतमा जे जस्तो भए पनि अब भने प्रेसयुनियन विधिविधान अनुसार नै चल्ने बताए । प्रेस युनियन श्रमजीवीको पक्षमा काम गर्ने संस्था भएको भन्दै उनले आफ्नो कार्यकालमा कसैलाई पनि अन्यायमा पर्न नदिने बताए ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा भएको उद्घाटन सत्रलाई प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, महासचिव दिलिप पौडेल, कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी , गुरुराज घिमिरे , नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान लगायतले अधिवेशन सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.