प्रदेशसभा वैज्ञानिक र वस्तुवादी बनाउनुपर्छ : सभामुख मण्डल

जनकपुरधाम : मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संघीयताको जननी मधेस प्रदेश भएकाले यहाँको प्रदेशसभा र सरकार वैज्ञानिकवादी र वस्तुवादी बनाउनुपर्ने बताएका छन्।
सभामुख मण्डलले विगतको अनुभवबाट सिकेर नयाँ वैज्ञानिक र वस्तुवादी बनाउनेतर्फ सांसद र सरकार मन्त्री लाग्नुपर्ने बताएका हुन्। मधेस प्रदेशबाट आउने सन्ततिका लागि यहाँबाट निर्माण हुने कानुनमा गहिरो मन्थन आवश्यक रहेको बताउँदै आफ्नोभन्दा आफ्ना पुस्ताका लागि सोचेर कानुन निर्माणमा सबै सांसदहरू लाग्न आवश्यक रहेको बताए।
संघीयता निर्माणको सवालमा पहिलेभन्दा सन्तोषजनक अवस्थामा रहेपनि धेरै काम गर्न बाँकी रहेको सभामुख मण्डलको भनाइ छ। संघीयताको अभ्यासमा पाँच वर्षमा जग हाल्ने काम भएपनि अझ धेरै काम गर्न बाँकी रहेको बताए। मण्डलले भने, 'संघीयता खर्चिलो भयो भने टिप्पणी गर्नेहरूका लागि यो एउटा सरफेस मात्र भयो।
प्रदेशसभालाई जीवनोपयोगी बनाउन कडा मेहनत गर्न जरुरी रहेको बताउँदै कानुन निर्माणको सवालमा सधै प्रदेशसभा अग्रसर रहने बताए। संघीयतालाई उतरदायी गर्न सांसद्को सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै पुरानिबाट सिक्दै नयाँ आयाम खोज्नुपर्ने बताए।
प्रतिक्रिया दिनुहोस !
