विराटनगरमा गाडी तोडफोड र लुटपाट

विराटनगरमा गाडी तोडफोड र लुटपाट

विराटनगर : नेपाल–भारत सीमा क्षेत्रनजिक विराटनगर महानगरपालिका–१६ दरैयामा समसाँझै गाडी तोडफोड र लुटपाटको घटना भएको छ । प्रहरीका अनुसार रेटन कम्पनीको सरफको मार्केटिङका लागि प्रयोग गरिएको को २ च ९३०२ नम्बरको पिकअप गाडी शनिबार साँझ ५:४५ बजेतिर तोडफोड गरिएको हो ।

 सरफको मार्केटिङमा खटिएकाको साथमा रहेको नगद पनि लुटपाट गरेर तोडफोडमा संलग्न फरार बनेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार तोडफोडबाट गाडीमा क्षति पुगेको छ । अगाडि र झ्यालका शिशा फुटेका छन् । तोडफोडपछि गाडीमा रहेकाको साथबाट १२ हजार ३ सय रूपैयाँ लुटपाट गरिएको श्रेष्ठले बताए ।

 
उनका अनुसार तोडफोड एवं लुटपाट गर्ने गिरोहले सरफको मार्केटिङमा हिँडेका गाडीका चालक मोरङको बूढीगंगा गाउँपालिका–२ का २७ वर्षीय प्रदीप खड्का, ३६ वर्षीय जनक साह र ३० वर्षीय प्रेम सुवेदीलाई कुटपिट पनि गरेको खुलेको छ । ‘सडकमा गाडी रोकेर तोडफोड गर्दै गाडीमा रहेकालाई कुटपिट गरेको पाइयो,’श्रेष्ठले भने, ‘साथमा रहेको १२ हजार ३ सय रूपैयाँ नगदसमेत लुटेर घटनामा संलग्न फरार बनेको खुलेको छ ।’ 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट घटनामा विराटनगर–१६ का अन्दाजी २६ वर्षीय अनुप सुडी साहलगायत ४ जनाको संलग्नता देखिएको छ । ३ जनाको पहिचान प्रहरीले खुलाएको छैन । घटनामा संलग्न सबैको पहिचान भइसकेको प्रहरीले बताए पनि उनीहरु हालसम्म पक्राउ परेका छैनन् । 

प्रहरीका अनुसार घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेको पाइएको छ । डीएसपी श्रेष्ठले घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक (इन्सपेक्टर) महेन्द्र दर्नालको नेतृत्वमा टोली परिचालन गरिएको जानकारी दिए । तोडफोड र लुटपाटमा संलग्न गिरोह भारततिर भागेको हुनसक्ने प्रहरीको अनुमान छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.