नेपालमा पश्चिमी वायुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

आज प्रदेश नं. १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।
काठमाडौं:
। आज हाल देशका पहाडी भूभागमा आँशिक बदली रहेपनि धेरै ठाउँको मौसम सफा रहनेछ।
अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ।
आज प्रदेश नं. १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
तराईमा बिहानीपखको हुस्सु र कुहिरो जारी छ। हुस्सु र कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान
२०७९ माघ २४ गते (मंगलबार)
दिउँसोː देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १, बागमती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ २५ गते (बुधबार)
दिउँसोː प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं. १ का उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ २६ गते (बिहिबार)
दिउँसोː देशको पहाडी भूभागहरूमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
रातिː देशको पहाडी भूभागहरूमा आँशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस !
