दुई महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढल्छ : राधाकृष्ण मैनाली (भिडियो वार्ता)


काठमाडौं : सत्तारूढ गठबन्धनमा 'दरार' पैदा भइरहेका बेला बामपन्थी विश्लेषक राधाकृष्ण मैनालीले अबको दुई महिनापछि प्रचण्ड नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्।

अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै मैनालीले अब आउने राष्ट्रपतिका कारण प्रचण्ड सरकार लामो समय नरहने जिकिर गरेका हुन्। 

'राष्ट्रपति देउवा निकट वा ओली निकट जो सुकै आएपनि प्रचण्ड नेतृत्वको सरकारको आयु अबको दुई महिना मात्रै हो। त्यसपछि २/४ महिनामा सरकार फेरेर अस्थिरता निम्त्याउन विदेशीहरू चाहान्छन्', मैनालीले भने।

अमेरिकी पोल्टाबाट बाहिर निस्कन नचाहेपछि भारतले ओली नेतृत्वको गठबन्धन खडा गरेर प्रचण्डलाई प्रधानमन्त्री बनाए पनि भारत नै अब ओलीलाई बलियो बनाउन पक्षमा नरहेको पनि उनले दाबी गरे।

'आफ्ना योजना पूरा गर्न कठिन हुने भएपछि भारतले ओलीलाई बाइपास गर्दै प्रचण्डलाई नै अघि सारेको हो। ओलीलाई नचिढ्याउने पनि शसक्त हुन पनि नदिने भारतको रणनीति छ। अमेरिका पनि ओलीलाई बलियो भएको हेर्न चाहदैन', उनले भने।

मुलुक अब अस्थिरताबाट जकडिएर 'अर्ली इलेक्सन'को चरणमा पुग्ने उनको बुझाइ छ। उक्त चुनावपछि आउने संसद पनि अझ गञ्जागोलको भएर मुलुक संकटमा फस्ने मैनाली बताउँछन्। 

तथापि दलहरू चीन-भारतकोसमेत चाहानाबमोजिम संघीयता र धर्मनिरपेक्षता फ्यालेर गणतन्त्र जोगाउन सहमत भए एकहदको संकट टर्ने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.