राष्ट्रपति एमालेबाट हो, प्रधानमन्त्री समझदारीबाट भाग्न हुँदैन: महेश बर्तौला (भिडियो वार्ता)
सरकार गठनका बेला भएको समझदारी अनुसार नै राष्ट्रपति एमालेबाटै बन्ने दावी गरेका एमाले नेता महेश बर्तौलाले प्रधानमन्त्रीले सहमति कार्यान्वयन गर्ने बताए।
काठमाडौं: नेकपा एमालेका नेता महेश बर्तौलाले अब बन्ने राष्ट्रपति पनि एमालेबाटै हुने दावी गरेका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै सरकार गठनका बेला भएको समझदारी अनुसार नै राष्ट्रपति एमालेबाटै बन्ने दावी गरे।
समझदारीबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भाग्न नपाउने भन्दै उनले यदी समझदारीबाट भागे गठबन्धन टुट्ने चेतावनी दिए। प्रतिनिधि सभा सदस्य बर्तौलाले प्रधानमन्त्रीले समझदारी कार्यान्वयन गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
