सूर्योदयमा पूर्वाधार प्रयोगशाला

सूर्योदयमा पूर्वाधार प्रयोगशाला
नगरपालिकाले स्थापना गरेको पूर्वाधार ल्याब। तस्बिर : तोयानाथ भट्टराई
सुन्नुहोस्

इलाम : भौतिक पूर्वाधारको गुणस्तर परीक्षणका लागि सूर्योदय नगरपालिकाले पूर्वाधारमा प्रयोग गरिने सामग्रीको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्थापना गरेको छ। 

नगरपालिकाले ४० लाखको लागतमा प्रयोगशाला स्थापना गरेपछि नगरक्षेत्रका संरचना निर्माणमा गुणस्तर परीक्षण गर्न सहज भएको नगरपालिकाका उपप्रमुख दुर्गा बरालले बताए। 
उनले भने ‘अब प्राविधिक परीक्षण गरेर योजना अनुगमन र फर्स्यौटका लागि सहज भएको छ।’ 

पूर्वाधार ल्याब स्थापना भएपछि सडकको ग्राबेलको गुणस्तर , सिमेन्टको गुणस्तर परीक्षण, कालोपत्रे सडकको गुणस्तर परीक्षण, भवन संरचनाहरूको गुणस्तर परीक्षण, रडको गुणस्तर परीक्षण लगायतको काम सुरु भएको प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले जानकारी दिए। 

भट्टराईले भने ‘प्रयोगशालामा सामग्रीको क्वालिटी र क्वान्टिटी दुवै परीक्षण हुन्छ। 

नगरपालिकाको १२औं नगरसभाले गुणस्तर परीक्षण गर्ने व्यवसायी, उपभोक्ता लगायतका लागि परीक्षण शुल्क समेत तोकेको भट्टराईले जानकारी दिए।

नगरका प्रवक्ता खेम भुजेलले स्थानीय तहमा यति धेरै सुविधा सहितको पहिलो पूर्वाधार ल्याब स्थापना भएको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.