प्रचण्ड पाँच वर्ष प्रधानमन्त्री बन्छन्, राष्ट्रपति कांग्रेसलाई नै : त्रिपाठी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि सत्ता समीकरण फेरबदलको संकेत बढेको छ।
अझ पुष १० मा भएको भनिएको सहमति विपरीत माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमती भनेपछि सत्तारूढ दल एमाले सशंकित भएको छ।
राष्ट्रपति चुनाव सत्तारूढ दलका लागि 'खड्गो' बनिरहँदा विश्लेषकहरू पूरानै गठबन्धनको पुनारागमन हुने दाबी गरिरहेका छन्।
अन्नपूर्ण पोष्टको कार्यक्रम 'द न्युज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै अग्रज पत्रकार देवप्रकाश त्रिपाठीले पुष २६ पछि कांग्रेसले राष्ट्रपति र प्रचण्ड नै पाँच वर्षसम्म प्रधानमन्त्री बन्ने मार्ग समाएको दाबी गर्छन्।
'राजनीति सधै सत्तामा केन्द्रित भयो। सबै मुख्य पदमा एमालेकै वर्चश्व हुने देखिएपछि कांग्रेस-माओवादीले योजनावद्ध ढंगले नै राष्ट्रपति एमालेलाई नदिने सहमति गरेको घटनाक्रमले देखाउँछ', त्रिपाठीले भने,'लगत्तै एमालेले विरोध जनाए पनि राष्ट्रपति नपाएकै भरमा सरकार छाड्दैन। यदि एमालेले बुद्धि नपुर्याए त्यसबेला प्रचण्डले एमालेकै मन्त्री बर्खास्त गर्ने अवस्था आइलाग्ने देख्छु।'
दशकौँदेखि मुलुकमा भइरहेको सत्ताको खिचातानीको दोषि को? भन्नेमा प्रश्नमा त्रिपाठीले भने,'यसको दोष मतदातालाई पनि जान्छ। उनीहरूले उत्तम दल र पात्र छान्न नसक्दाको परिणाम देशले भोग्न बाध्य छ।'
प्रतिक्रिया दिनुहोस !
