आज कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना

हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
काठमाडौं: आज देशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने र बाँकी भूभागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका जिल्लामा बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ।
हुस्सु/कुहिरोले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
तीन दिनको मौसमी पूर्वानुमान
२०७९ माघ २७ गते (शुक्रबार)
दिउँसोː प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
रातिː प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
२०७९ माघ २८ गते (शनिबार)
दिउँसोː प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
रातिː कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
२०७९ माघ २९ गते (आइतबार)
दिउँसोː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
रातिː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
प्रतिक्रिया दिनुहोस !
