यस्तो देखियो 'डग शो'
काठमाडौं : ललितपुरको जावलाखेलस्थित खेल मैदानमा शनिबार १३औं ‘ग्रान्ड डग सो’ को आयोजन भएको छ। जहाँ कुकुरका विभिन्न जातको प्रदर्शनी गरिएको थियो।
कुकुरको सेहारसुसार, आहार, व्यवहार, वंश बारे जानकारी दिइएको थियो। 'ग्रन्याड डग सो’मा विभिन्न जातको २७५ वटा कुकुर बीच प्रतिस्पर्धा पनि गराइएको थियो। यसले कार्यक्रमलाई रोचक बनाएको थियो। कुकर धनीहरू आ-आफ्ना कुकुर लिएर कार्यक्रम स्थलमा पुगेका थिए।
के नाइन क्लब, बुलेट डड ब्रीड र पोजेटिभ पेट सोलुसनले संयुक्तरूपमा कुकुर प्रदर्शनीको आयोजन गरेको थियो। २००५ बाट काठमाडौंमा ‘ग्रान्ड डग सो’को आयोजन हुँदै आएको आयोजक टिमकी सदस्य वैशाली डंगोलले बताइन्।
कार्यक्रमबाट फाइदा भएको रकमबाट केही निश्चि रकम सामुदायिक कुकुर संरक्षणमा खर्चिने गरेको बताइन्। ‘कुकुरलाई कसरी पाल्ने, कस्तो आहार खुवाउने, कुन-कुन कुकुर नेपालमा पाइन्छ बारे जानकारी ‘ग्रान्ड डग सो’मा दिने गरिएको छ,' उनले भनिन्।
प्रतिस्पर्धामा रोटवेलर जातको कुकुर प्रथम, जर्मन सेफड दोस्रो र गोल्डेन रिटिभर तेस्रो भएको थियो। विजयी कुकुरहरूलाई कप, मेडल, प्रमाणपत्र, मिठो खानेकुरा प्रदान गरिएको थियो। कुकुरको हिडाइ, दाँत, सरसफाईलगायत मापदण्ड बनाएर निर्णय गरिएको थियो। सबै जातका कुकुरको आहार, व्यवहारबारे दख्खल राख्ने कोमल धाना निर्णायक भूमिका थिए। उनी भारतबाट आएको आयोजकले जनाएको छ।
तस्बिर : अशोक दुलाल