परराष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता

परराष्ट्रमन्त्रीसँग नर्वेली राजदूतको भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रमडालले शिष्टाचार भेटवार्ता गरेका छन्। 

मन्त्रालयमा भएको भेटवार्तामा उनीहरूबीच दुई देशबीचको आपसी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटमा मन्त्री पौड्यालले नेपालको शिक्षा, स्वास्थ्य, लैंगिक सहभागितालगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि नर्वेली सरकारलाई धन्यवाद दिइन्। 

सो अवसरमा राजदूत ड्रमडालले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप विस्तार गर्दै विकासका विविध पक्षमा सहयोग बढाउने प्रतिबद्धता जनाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.