सशस्त्र युद्धको घटनालाई उत्सव मनाउनु गलत (भिडियो वार्ता)
नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियारले जनयुद्ध नामको सशस्त्र युद्धलाई सरकारले उत्सवका रुपमा मनाएको आरोप लगाए।
काठमाडौं: नेपाली कांग्रेसका नेता जीवन परियारले जनयुद्धका नामको सशस्त्र युद्धलाई सरकारले उत्सव मनाउन खोजेको भन्दै आक्रोश पोखेका छन्। कांग्रेस सहमहामन्त्रीसमेत रहेका परियारले अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै कांग्रेस प्रधानमन्त्रीप्रति नै रुष्ट भएको बताए।
उनले भने, 'निहत्था नागरिक मारिएको त्यस घटनालाई शान्ति प्रक्रियाले समेत सशस्त्र युद्धका रुपमा स्वीकारेको यथार्त नकार्न सकिन्न। १७ हजारभन्दा बढीको मृत्यु, हजारौँहजार अपांगता भएकाहरूको वेवास्था गर्दै राज्यले नै उत्सव मनाउन खोज्नु नागरिककै अपमान हो।'
यही निर्णयलाई कांग्रेसले सरकारको समर्थन फिर्ता लिने गरी सरकारलाई दवाव दिन सक्छ त भन्ने प्रश्नमा परियारले भने, 'यो मेरो व्यक्तिगत विचार हो। तथापि पदाधिकारी भएकाले पार्टी बैठकमा यो एजेण्डालाई गम्भीर रुपमा उठाउँछु।'
यसै घटनाले राष्ट्रपति चयन, दलीय समीकरणको विषय संकटमा नपर्ने उनको तर्क छ। सरकारको यो निर्णय र राष्ट्रपति निर्वाचन अलगअलग घटना भएको उनले बताए।
प्रतिक्रिया दिनुहोस !
