हुण्डाईको विद्युतीय गाडीमा अफर योजना

काठमाडौं : नेपालका लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडी Kona तथा Ioniq 5 को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ।
वान मोर रिजन टु गो इलेक्ट्रिक नारा सहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी Kona तथा Ioniq 5 को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड Bosch को वाशिङ मेशिन उपहार प्राप्त गर्न सक्नेछन्।
समय सापेक्ष योजनाहरूमार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मीले सधैं आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको छ।
अहिलेको आवश्यकता अनुरुप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरूको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ।
यी गाडी नेपालको विद्युतीय गाडीहरूको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनहरूले ग्राहकहरूको मन जित्न सफल भएका छन्।
विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मीले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरूको निर्माण गरिरहेको छ।
विद्युतीय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथलीस्थित विद्युतीय गाडीको एक्सक्लुसिभ शोरूम सञ्चालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ।
कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरूसहित ४० वटा चार्जिङ स्टेशन मार्फत नेपालभरी नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस !
