कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव क्वात्राबीच भेटवार्ता
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश सचिव विनय मोहन क्वात्राबीच भेटवार्ता भएको छ। सोमबार धुम्बाराही निवासमा उनीहरूबीच नेपालर भारतको द्विपक्षीय हितमा छलफल भएको हो।

दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने विषयमा छलफल भएको देउवा सचिवालयले जनाएको छ।

'भारतका विदेश सचिव विनय मोहन क्वात्रासँगको भेट उपलब्धिमूलक रह्यो। हामीले पारस्परिक हितका विभिन्न विषयमा छलफल गरेका छौं र जनता-जनताबीचको सम्बन्धलाई मजबुत बनाउने छौं। हाम्रो साझा लक्ष्य भनेको हाम्रा जनताको हितमा नेपाल-भारत सम्बन्धलाई प्रगाढ बनाउनु हो,' सभापति देउवाले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। 

नेपाल र भारतबीचको सचिव स्तरीय बैठकका लागि क्वात्रा सोमबार नेपाल आइपुगेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.