परदेशीका पीडा देउडामा

परदेशीका पीडा देउडामा
सुन्नुहोस्

काठमाडौं : 

ए मान्दा त मानि है, 
मेरा जति क्या मानि है,

हिरा सुन खानी है, 
छुटुला सोच्याको होइन  

 

प्रेम जैगडी, एक लाहुरे। उच्च शिक्षा पूरा गर्न नपाउँदै जन्मभूमि अछाम छोडे। कामको खोजीमा मुग्लान (भारत) पसे। त्यहाँ उनले आफूजस्तै लाखौं नेपाली युवाहरू भेटे। जो सुन्दर भविष्यको खोजीमा थिए। उनीहरूसँग सपना त थियो। तर, युवा उमेरमा घर परिवार छोड्दाको पीडा पनि उक्तिकै थियो। नेपाली युवाका ती दुःख, पीडा र प्रेम जैगडी आफैले पनि भोगे। अनि, देउडामा भाका (लय) हालेर गीत बनाए। 

‘माया जाल तेरै छ’ उनको पछिल्लो देउडा गीत हो। यो गीतमा प्रेमिकासँगका विछोडका पीडा र बेदना समेटिएका छन। गायनमा उनलाई साथ दिएकी छन, गौरी भट्टले। गीतका शब्द भने रामचन्द्र तिरुवाले रचेका हुन्। तिरुवा पनि देउडा गायक हुन्। ‘माया जाल तेरै छ’ बोलको प्रेमको यो गीत हाल देउडाप्रेमीबीच निकै चर्चित छ। सुदूरपश्चिमका वनपाखा र मेलामा यो गीत गुञ्जिरहेको छ। धेरैले यो गीतमा टिकटक पनि बनाइरहेका छन्।  

अछामको जयगढमा जन्मिएका प्रेम सानोमा देउडा भन्नेबित्तिकै हुरुक्कै हुन्थे। स्कुल पढ्दादेखि नै उनी गीत संगीतमा रुची राख्थे। गैरीबजारको राममन्दिर डाँडो र जयगढको थर्पुकाट्टे पिपलको छहारीमा बसेर उनी देउडा गीत लेख्थे र गाउँथे पनि। 
यसअघि उनले ‘सुनकी हारा’ देउडा गीतको क्यासेट निकालेका थिए। ती गीतहरू सुदूरपश्चिममा निकै चर्चित भए। उनले सिर्जना गरेका गीतहरूमा

सुदूरपश्चिमका चर्चित कलाकारहरूले स्वर दिइसकेका छन्। ‘टाटु अंगाल छुटी, बान्नीकी जुन बेल, मन मुटुका झल्का रैगया, हेरि जायई हाल, साली भेना, पचपन्न हजार जारी’ उनले रचेका लोकप्रिय गीत हुन्। यसपछि ‘रै रह्यो तिर्सना’ नामको देउडा गीत सार्वजनिक गर्ने तयारी भइरहेको प्रेमले बताए। 

‘भत्काइयो मायाको मन्दिर’लगायत प्रेमले दर्जनौं ठाडी भाका पनि गाएका छन्। ‘म जहाँ भए पनि सुदूरपश्चिमको संस्कृति देउडा बचाउने र यसको संरक्षणमा योगदान पुर्‍याउने मेरो लक्ष्य हो’, प्रेम भन्छन्। देउडा गायनमा आफू सन्तुष्ट भए पनि कलाकारको हितमा राज्यको ध्यान पुग्न नसकेको प्रेम बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.