प्रधानमन्त्री प्रचण्डले कांग्रेस र एमालेलाई नै चेपुवामा पारे (भिडियो वार्ता)
नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकले प्रधानमन्त्रीकै कारण जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिँदासमेत एमाले र कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको बताए।
काठमाडौं: नेकपा एमालेका केन्द्रीय सदस्य डा. सूर्य पाठकले राष्ट्रपति चुनावलाई केन्द्रमा राखेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले दुवैलाई चेपुवामा पारेको आरोप लगाएका छन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँगको कुराकानीमा डा पाठकले प्रधानमन्त्रीकै कारण जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिँदासमेत एमाले र कांग्रेस बोल्नै नसक्ने अवस्थामा पुगेको बताए। यो अवस्था लामो समय नरहने भन्दै उनले समय आएपछि प्रधानमन्त्री प्रचण्डले जवाफ पाउने बताए।
सत्ता साझेदार दलबीच गत पुस १० मा भएको समझदारी पालना हुनुपर्ने भन्दै उनले विगतको सहमतिलाई कार्यान्वयन गराइने बताए। राष्ट्रपतिमा एमालेले उम्मेदवार उठाउने दावी गर्दै राष्ट्रपतिको उम्मेदवार गठबन्धनको साझा हुने बताए। राष्ट्रपति उम्मेदवारका विषयमा गठबन्धनमा कुने विमत्ति नभए पनि माओवादी केन्द्रका नेताले भने बेला बेलामा बोली फेर्न थालेको भन्दै आशंका गरे।
प्रतिक्रिया दिनुहोस !
