अबको राष्ट्रपति कांग्रेसबाट, माओवादीले हामीलाई साथ दिन्छ (भिडियो वार्ता)
नेता रमेशजंघ रायमाझीले कांग्रेसबाट राष्ट्रपति बनाउन सत्तारुढ नेकपा माओवादी केन्द्र तयार रहेको बताए।
काठमाडौं: नेपाली कांग्रेसका नेता रमेशजंघ रायमाझीले अबको राष्ट्रपति कांग्रेसबाटै बन्ने बताएका छन्। ।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकर'मा भूपाल लुइटेलसँग कुराकानी गर्दै नेता रायमाझीले कांग्रेसबाट राष्ट्रपति बनाउन सत्तारुढ नेकपा माओवादी केन्द्र तयार रहेको बताए।
राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेतासमेत रहेका रायमाझीले कांग्रेस नेता रामचन्द्र पौडेल अबको राष्ट्रपति बन्ने संकेत गरे।
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कांग्रेसबाट राष्ट्रपति बनाउन सकारात्मक बनेको पनि उनले सुनाए।
प्रतिक्रिया दिनुहोस !
