यती विमान दुर्घटना : प्राविधिक कि मानवीय त्रुटि ?

मौसमी खराबी थिएन

यती विमान दुर्घटना : प्राविधिक कि मानवीय त्रुटि ?
फाइल तस्बिर।
सुन्नुहोस्

रनवे वानटुमा अवतरणको क्रममा इन्जिनको पंखाको सहायताले जहाजलाई बायाँ मोड्न खोज्दा पंखा नमोडी सिधा बसेको र फिदरमा गएको तथा इन्जिनले खतराको संकेत दिएको प्रतिवेदनमा उल्लेख छ।

काठमाडौं : यती एयरलाइन्सको विमान दुर्घटना मौसमीभन्दा पनि प्राविधिक वा मानवीय कारणले भएको हुन सक्ने जाँचबुझ आयोगको प्रारम्भिक प्रतिवेदनले देखाएको छ। दुर्घटनाको समयमा विमानस्थलको तापक्रम करिब १४ डिग्री सेल्सियस र आकाश खुला रहेको कारण भिजुवल फ्लाइट रुल्स (भीएफआर) का लागि उपयुक्त मौसम रहेको प्रतिवेदनमा उल्लेख छ।

बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा दुवै इन्जिन प्रोपेलर फेदरमा जानु, अन्तिम समयमा जहाजको कमान्ड परिवर्तन हुनु, तोकिएको भन्दा अर्को धावनमार्गको माग, सहचालकले इन्जिन बन्द भएको संकेत गर्नुलगायतका कारणहरूको थप विश्लेषण हुन आवश्यक रहेको देखाएको छ। किनभने एटीआर जहाजको इन्जिनको प्रोपेलर फिदर कि स्वचालित हुन्छ कि पाइटलले नियन्त्रण गर्ने हुन्छ।

धावनमार्गबाट ३ सय ११ फिटको उचाइमा रहेको विमान प्रोपेलर फिदर कम नगर्दा सेती खोंचमा खस्न पुग्यो। यस्तो अवस्थामा कसरी इन्जिनको प्रोपेलर फिदरमा गयो भन्ने थप अध्ययनको विषय हुने जनाइएको छ। विमानस्थलको रनवे वानटुलाई पुनः सञ्चालनमा ल्याउन अघि यसको विस्तृत सम्भाव्यता अध्ययन गर्न पनि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा त्यो दिनको तेस्रो उडान भरिरहेको पाइलट अञ्जु खतिवडा र प्रशिक्षक पाइलट कमल केसी थिए। काठमाडौं विमानस्थलबाट १० बजेर ३२ मिनेटमा ४ चालक दलसहित ६८ यात्रु बोकेर यती एयरलाइन्सको एटीआर जहाज पोखरा उडेको थियो। १० बजेर ५८ मिनेटमा पोखरा अवतरण गर्नुपर्ने जहाज १० बजेर ५७ मिनेटमा दुर्घटनाग्रस्त भएको थियो। 

आयोगको प्रतिवेदनअनुसार जहाज बायाँपट्टि अर्थात् मुख्य चालकको रूपमा पाइलट खतिवडा थिइन् भने दायाँपट्टि प्रशिक्षक पाइलट केसी बसेका थिए। विमानस्थलको रनवे थ्रीजेरो प्रयोग गर्न भनिएकोमा चालकद्वयले वानटु रनवे माग गरेका थिए। रनवे वानटुमा अवतरणको क्रममा इन्जिनको पंखाको सहायताले जहाजलाई बायाँ मोड्न खोज्दा पंखा नमोडी सिधा बसेको र फिदरमा गएको तथा इन्जिनले खतराको संकेत दिएको प्रतिवेदनमा उल्लेख छ।

एयर ट्राफिक कन्ट्रोरल (एटीसी) ले १० बजेर ५७ मिनेट ११ सेकेन्डमा अवतरणको संकेत गरेको थियो। सो समयमा मुख्य पाइलट खतिवडाले इन्जिनको बन्द भएको भनेर दुई पटक भनेको प्रतिवेदनमा उल्लेख छ। १० बजेर ५७ मिनेट ३२ सेकेन्डमा जहाज दुर्घटना भएको थियो। 

गत माघ १ गतेको जहाज दुर्घटनापश्चात् बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली २०७४ बमोजिम छानबिन गर्न पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो। गठनलगत्तै आयोगले छानबिनको काम अघि बढाएको थियो। सो क्रममा आयोगले सिंगापुरस्थित ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोमा फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवैको डाटा विश्लेषण र अनुसन्धान गर्न आयोगका संयोजक, हवाईविज्ञ र सदस्यसचिवलाई पठाएको थियो।

उक्त फ्लाइट डाटा रेकर्डर र भ्वाइस डाटा रेकर्डरको डाटाहरूको विश्लेषण गर्न आयोगको नेतृत्वमा टीएसआईबी सिंगापुर, बीईए फ्रान्स, टीएसबी क्यानडा, पी एन्ड डब्लू क्यानडा र ईएएसएका प्रतिनिधिहरूसमेतको सहभागितामा विभिन्न प्राविधिक तथा मानवीय पक्षको विश्लेषण गरिएको थियो। आयोगले दुर्घटनाको सम्बन्धमा विस्तृत प्रतिवेदन तयार पार्ने भनिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.