आजदेखि ‘कुडा कर्नाली’

आजदेखि ‘कुडा कर्नाली’
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली चिनाउने कर्णाली उत्सव ‘कुडा कर्नाली’को चौथो संस्करण शुक्रबारदेखि सुरु हुने भएको छ। कर्णालीको आर्थिक, सामाजिक तथा आर्थिक रूपान्तरणका लागि गन्थन, मन्थन र चिन्तन गर्दै कर्णालीको समग्र विकास र समृद्धिको लागि बृहत् छलफल हुने आयोजकले जनाएको छ।

यस अघिका तीनवटा संस्करणबाट थप उत्साहित हुँदै चौथो संस्करण गर्न लागिएको कर्णाली उत्सव मूल आयोजक समितिका संयोजक कमल लम्सालले बताए। संघीयताको मर्म, छाउ र भाउ, कर्णालीको खस भाषा र संस्कृति, कालापहाडका तोडा, कर्णालीको पहिचानका विषयमा बहस गर्दै कर्णालीलाई उपेक्षित, दुर्गम र अविकासको शिकार बनाइकोमा यसलाई कसरी बदल्न सकिन्छ भन्ने विषयमा बहस हुनेछ।

यही फागुन ७ गतेसम्म सुर्खेतको बुलबुले उद्यानमा सञ्चालन हुने यो उत्सवमा विभिन्न १६ वटा विषयगत शत्रहरू, कर्णालीका हिरोहरू भनेर चिनिने पैकेलाका कथाहरू, यहाँको लोक बाजाका प्रस्तुतिहरूका साथै कर्णाली कन्सर्टका रुपमा सांस्कृतिक झाँकीहरू पनि राखिनेछ। यो उत्सवमा चर्चित अनुहारहरू नेपाली कांग्रेसका महामन्त्री तथा लोकप्रिय नेता विश्वप्रकाश शर्मा, युवा नेताहरू ज्ञानेन्द्र शाही, सोविता गौतम, कर्णालीका हिरो पैकेलाहरू चर्चित गायक सुरज पण्डित, कोशल हमाल, खैरुन निशा, मिस पवि, वीरेन्द्रनगर सहरका योजनाकार माधवभक्त माथेमा लगायतका चर्चित अनुहारहरू सहभागी हुनेछन्।

कर्णाली खेल्दो छ, यो सहरः त्यो रहर, भोट–भेट, शिक्षा र समर्पण, दलित दलिल, भोक र भोजन, रेडियोको रस, संघीयताका ५ वर्ष, कर्णाली नदी प्रणाली, कर्णालीमा लगानी, रूपान्तरण पुस्तान्तरण, सङ्लो समाज सङ्लो राजनीति, समावेशी शासन, डिजिटल डेमोक्रेसी, कर्णालीदेखि काठमाडांैसम्म लगायतका विषय छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.