बालकोटमा प्रचण्डले भने- राष्ट्रपतिमा सहमति हुन्छ

बालकोटमा प्रचण्डले भने- राष्ट्रपतिमा सहमति हुन्छ
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै राष्ट्रपतिमा सहमति कायम हुने बताएका छन्। 

बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन नभत्किने दाबी गरे। ‘गठबन्धन भत्किँदैन। राष्ट्रपतिको विषयमा पनि केही दिनमै टुंगो लाग्छ,' उनले भने। गठबन्धन आबद्ध दलहरू एकै ठाउँ रहेको उनको भनाइ छ। 

राष्ट्रपतिा सहमति नजुटेपछि पछिल्लो समय प्रचण्ड र ओलीको भेट बाक्लिएको छ। दिन बिराएर उनीहरू बालुवाटार वा बालकोटमा भेटघाट गर्दै आएका छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्ने अडान लिएका छन् भने ओलीले सहमतिअनुसार एमालेले पाउनुपर्ने बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.