बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति

बस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति
दुर्घटनाको तस्बिर

नुवाकोट: चैनपुरमा भएको बस दुर्घटनामा ज्यान गुमाएकाका परिवार तथा घाइतेलाई तारकेश्वर गाउँपालिकाले आर्थिक सहयोग गरेको छ। पालिका अध्यक्ष शिव अधिकारी अविरलको अध्यक्षतामा शनिबारको बैठकले दुर्घटनाका पीडितलाई सहयोग गर्ने निर्णय गरेको हो।

 
बिहीबार बेलुका नुवाकोटको बट्टारबजार हावाघरदेखि तारकेश्वर गाउँपालिका १ को दाङसिङ जाने क्रममा रहेको यात्रुबाहक बस विदुर नपा १२ चैनपुरमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको थियो।  २६ जना घाइते भएका छन्। 

गाउँपालिकाले मृतक परिवारलाई जनही एक लाख रुपैयाँ र घाइतेका परिवारलाई प्रतिपरिवार २० हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको तारकेश्वर गाउँपालिकाका अध्यक्ष अधिकारीले जानकारी दिए। 

बैठकले ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न पालिकाका उपाध्यक्ष हरिप्रसाद रिमालको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति पनि गठन गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.