गाइको मासुसहित तीन जना पक्राउ
रसुवा: गाइको मासुसहित रसुवामा तीन जना पक्राउ परेका छन्। रसुवाको दक्षिणी भेगबाट तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
कालिका गाउँपालिका-२ काभ्रेटोल निवासी ४४ वर्षीय मुरली बुलुन, सोही वडाको गुम्बाटोल निवासी ४८ वर्षीय कान्छा लामा र ६५ वर्षीय सार्की स्याङ्वालाई पक्राउ गरी कारवाहीका लागि मुद्धा दायर गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
गाईको मासु भाग लगाई राखेको अवस्थामा उनीहरुलाई १२० केजी मासुसहित काभ्रेटोलबाट पक्राउ गरिएको हो।