फागुन ११ गतेदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

फागुन ११ गतेदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
सुन्नुहोस्

काठमाडौं : फागुन ११ गतेदेखि नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी तथा नेपाल हाउजिङ एण्ड इनभेस्टमेन्ट एक्स्पो, नेपाल हेवी इकयुपमेन्ट एण्ड कन्सट्रकसन एक्स्पो हुने भएको छ। 

मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड ईभेन्टस् प्रालिले संयुक्त रूपमा आयोजनामा यही फागुन  ११, १२, १३ र १४  गते काठमाडौंको भृकृटीमण्डपमा हुने भएको हो। 

प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डका २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ। 

निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूका बारेमा जानकारी गराउने र यस क्षेत्र मा आउने नयाँ-नयाँ प्रविधिका बारेमा जानकारी दिइने छ। 

अन्तर्राष्ट्रिय प्रदर्शनीमा निर्माण सामग्री, निर्माण मेसिनरी, निर्माण उपकरण, आवास कम्पनीहरू, अपार्टमेन्ट कम्पनीहरू, प्रि–फ्याब संरचनाहरू, युपीभीसी झ्याल ढोका उत्पादन गर्ने मेसिनरी, युपीभीसी प्रोफाइल, आर्किटेक्चरल हार्डवेयर, बाथरूम फिटिङ्स, पाइपहरू, टाइल र सेनेटरी वेयर, पावर औजारहरू, कंक्रीट ब्लक मेसिनरी उत्पादकहरू, मटेरियल ह्यान्डलिंग उपकरणहरू, एल्युमिनियम कम्पोजिट प्यानलहरू आदिको सहभागिता रहने छ ।

प्रदर्शनीमा सहयोगी संस्थाको भूमिकामा नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघ तथा नेपाल क्रसर तथा खानी उद्योग महासंघ रहेको छ। 

प्रदर्शनीले नेपालमा हाल भइरहेको समग्र निर्माण क्षेत्रको विकास, पुननिर्माण तथा आधुनिकीकरण मा टेवा पुर्‍याउने आयोजको विश्वास छ। 

प्रदर्शनीमा घर बनाउन चाहने व्यक्ति, आम नागरिकबाहेक निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस तथा इन्टीरीयर डिजाइनरहरूको सहभागिता रहने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.