पूर्वराजा ज्ञानेन्द्रका चिन्ता जायज छन् (भिडियो वार्ता)
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिवसका अवसरमा दिएको वक्तव्यपछि राजनीतिज्ञहरू झस्किएका छन्।
उनको वक्तव्यपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र अझै अलमलिएको टिप्पणी गर्दै भनेका छन्, 'जनताले शासन चलाउन थालेको १५ वर्ष पनि भएको छैन। कम्तीमा तपाइँहरूले राज्य चलाएको २४० वर्ष जति त कुर्नुहोस्।'
पूर्वराजा ज्ञानेन्द्रले औँल्याएको मुलुक अस्थिर र अधोगतिमा गएको सत्य नकार्न नसकिने विश्लेषकहरू बताउँछन्। विश्लेषक एवं विकासविद् प्रा.डा.प्रेम कुँवरले पूर्वराजा ज्ञानेन्द्रले उठाएको मुद्दा सम्बोधन गर्न राजनीतिक नेतृत्व असफल भए व्यवस्था नै जाने खतरा औँल्याउँछन्।
'नागरिकको रूपमा पूर्वराजा ज्ञानेन्द्रले उठाएका कुरा नाजायाज मान्न सकिन्न । उपलब्धीको कुरा गर्ने राजनीतिक नेतृत्वले जनताको अपेक्षा किन पूरा गर्न सन । अझै पनि अनदेखा गरिरहे यो व्यवस्थामाथि नै प्रश्न उठ्छ', उनले भने ।
योजना आयोगका पूर्वसदस्य समेत रहेका कुँवरले प्रजातन्त्र स्थापनाको ७२ वर्षमा पनि नेपाल विकास हुन नसक्नुको दोष राजनीतिक नेताहरूलाई जाने बताउँछन्।
अन्नपूर्ण पोस्टको कार्यक्रम 'द न्यूज मेकरमा' भूपाल लुइटेलसँग कुरा गर्दै उनले भने, 'मैले योजना आयोगमा समेत बसेर काम गर्ने मौका पाए । देश विकास हुन नसक्नुको दोष नेतृत्वले लिन पर्छ। विकासको योजना कोर्ने आयोग स्वतन्त्र छैन । जनताको आवश्यकताका आधारमा योजना नबनेर। खास नेताको खल्तीबाट योजना आयोग चलेको छ । जुन यो देशको विडम्बना हो ।'
प्रतिक्रिया दिनुहोस !
