नुवाकोट र रसुवा कारागारका दुई जना कैदीबन्दी रिहा
नुवाकोट : प्रजातन्त्र दिवसमा नुवाकोट र रसुवा कारागारका दुई जना कैदीबन्दी रिहा भएका छन्।
नुवाकोट कारागारबाट सवारी ज्यान मुद्दामा कैद बिताइरहेका मानबहादुर राई र रसुवा कारागारबाट कर्तव्य ज्यान मुद्दामा जेल परेका छिरिङ तामाङ आइतबार रिहा भएका हुन्।
५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेका उनीहरू रिहा भए।