'रन फर फन'मा दराजका १४ धावक सहभागी
काठमाडौं- एसियाली ओलम्पिक कमिटीले काठमाडौंमा रन फर फन (रमाइलोको लागि दौड) सम्पन्न गरेको छ। नेपाल ओलम्पिक कमिटीको सहकार्यमा एओसीले फागुन ४ गते ललितपुरको पाटनमा रन फर फन प्रतियोगिता सम्पन्न गरेको हो।
चीनमा आउँदो सेम्टेम्बरमा आयोजना हुने १९औं एसियाली खेलकुदलाई लक्षित गर्दै यो प्रतियोगिता गरिएको हो। प्रतियोगिताका लागि १९औं एसियाली खेलकुदका निर्देशक जिन, सह निर्देशक वाङ, आर्थिक काउन्सिलर सियूलगायतका चिनियाँ प्रतिनिधि नेपाल आएका थिए।
यो दौड शुक्रबार बिहान पाटनबाट सुरु भएको दौड गा बाहाल, पुलचोक, कृष्ण गल्ली, पाटन ढोका, अशोक हल र भिमसेन मन्दिर हुँदै पाटन दरबार फर्किएको थियो।
यो प्रतियोगितामा दराजका १४ जना धावक सहभागी थिए। दराज दक्षिण एसियाको ईकमर्स प्लेटफर्म हो, जसले नेपाललगायत विभिन्न देशका खरिदकर्ता र बिक्रेतालाई जोड्ने काम गर्दै आएको छ।