'मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स' को फिल्ड अडिसन बुटवलमा

काठमाडौं : इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो 'मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स'को फिल्ड अडिसन सुरु भएको छ।
यी दुवै कार्यक्रमहरूको फिल्ड अडिसन नेपालको विभिन्न शहर सँगै भारतको सिलिगुरीमा हुने भएको छ। जसअनुसार बुटवलमा फागुन १० गते, सिलिगुरीमा फागुन १४ र १५ गते, दमकमा फागुन २० र २१ गते र काठमाडौंमा फागुन २७ र २८ गते हुनेछ।
अडिसन दिन आउँदा प्रतियोगीहरूले आफ्नो उमेर खुलाएको आधिकारिक कागज लिएर आउनुपर्ने हुन्छ। फिल्ड अडिसनबाट चुनिएका प्रतियोगीहरूले काठमाडौंमा आएर स्टुडियो अडिसनमा सहभागी हुनेछन्।
साथै विदेशबाट सहभागी हुन चाहनेले माई इन्ट्रा डाउनलोड गरेर रजिष्टर गर्न सक्नुहुन्छ। डिजिटल अडिसनमा सहभागी भएका प्रतियोगीहरूले पनि अनिवार्य रुपमा फिल्ड अडिसनमा सहभागी जनाउन पर्नेछ।
त्यसबाहेक ‘मेरो डान्स यूनिभर्स' को संस्कृतिक समूह विधामा सहभागी हुन चाहानेले पनि एप मार्फत अडिसन दिएर फिल्ड अडिसनमा उपस्थित हुनैपर्छ।
डिजिटल अडिसनको अन्तिम मिती फेब्रुअरी २८ तोकिएको छ भने अडिसन दिने सहभागी कम्तीमा १८ वर्षको हुनपर्नेछ। ‘मेरो भ्वाइस यूनिभर्स'को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायकहरू समावेश छन्।
'मेरो डान्स यूनिभर्स'को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बिसी केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई हुने जनाइएको छ।
यी दुई शोहरू नेपालकै सर्वाधिक धेरै धनराशी भएको रियालीटी शोहरू हुन्। फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स' का विजेताले नेपाली एक करोड रुपैयाँ पुरस्कार पाउनेछन्। फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउने छन्।
यस्तै, ‘मेरो डान्स यूनिभर्स' को विजेताले पनि एक करोड पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले रुपैयाँ पुरस्कार २० लाख रुपैयाँ पाउनेछन्।
यस्तै, ‘मेरो डान्स यूनिभर्स'को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। डान्स यूनिभर्स'को सांस्कृतिक समूह विधाको विजेताले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। फाउन्डेसनले नेपाल बाहेक, म्यानमार, थाइल्याण्ड, भुटान, भारत, अष्ट्रेलिया, अमेरिका, क्यानडा लगायत युरेपेली देशहरूबाट पनि नेपाली भाषीहरूको बृहत्सहभागिताको अपेक्षा राखेको छ।
प्रतिक्रिया दिनुहोस !
