उदयपुरको विकासका लागि एकीकृत योजना बनाइने

उदयपुरको विकासका लागि एकीकृत योजना बनाइने
उदयपुर उद्योग बाणिज्य संघको सभाहलमा आयोजित जनप्रतिनिधिसँगको अन्तरक्रिया कार्यक्रम । तस्बिर :अन्नपूर्ण
सुन्नुहोस्

 उदयपुर : उदयपुरको क्षेत्र नम्बर २ को विकासका लागि एकीकृत योजना अघि सारिने भएको छ । प्रतिनिधिसभा सदस्य संसद अम्बरबहादुर रायमाझीको विशेष पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा क्षेत्र नं २ का जनप्रतिनिधिहरूले यस्तो  प्रस्ताव अघि सारेका हुन् । 

छलफलमा अन्तरपालिका सडक संजाल,शिक्षा,स्वास्थ्य,खानेपानी र विद्युतलगायतको विकासमा साझा एजेण्डा बनाइ एकीकृत योजनाको रुपमा लैजान उनीहरू सहमत देखिएका हुन् । 

उनीहरूले सबै पालिकासँग जोडिने योजनालाई साझा लक्ष्य बनाएर अघि सार्नु पर्ने धारणा व्यक्त गरे । जनप्रतिनिधिहरूले विकासको पूर्वाधार भनेकै सडक भएकाले ग्रामिण सडक विस्तार,स्तरोन्नति गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा संघीय संसद रायमाझीले आ–आफ्नो तहको कामलाई एकीकृत गरी क्षेत्रको विकास गर्न जनप्रतिनिहरू एक हुनुको विकल्प नभएको बताए । उनले भने,‘निर्वाचनका समयमा जुनसुकै पार्टीबाट निर्वाचित भएपनि निर्वाचन पछि सबैले साझा उद्देश्यले क्षेत्रको विकास गर्नुपर्ने दायित्व हामी जनप्रतिनिधिको हो ।'
 
रायमाझीले विकासलाई राजनीतिभन्दा टाढा राखेर हेर्न अनुरोध गर्दै ठूला–ठूला योजनालाई साझा चरित्रकोरुपमा लैजान सके पाँच वर्षभित्र विकासमा क्षेत्रनं २ अब्बल बनाउन सकिने बताए ।

कार्यक्रममा बोल्दै कटारी नगरपालिकाका मेयर राजेशचन्द्र श्रेष्ठले विकासको पूर्वाधार भनेकै सडक रहेको बताए । उनले सडकमार्फत सबै विकास सम्भव हुने भएकाले सडकको विकाससँगै कृषि,शिक्षा तथा स्वास्थ्यमा जोड दिनुपर्ने बताए ।

ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगाराज विश्वकर्माले गाउँपालिकाको समस्या भनेकै सडक रहेको औल्याए । ‘वर्षा लाग्ने वित्तिकै सडक सञ्जालबाट पालिकाबासीले सास्ती खेप्नुपर्छ,लामो समय सडक सञ्जालबाट विच्छेद हुनुपर्ने अवश्था छ,'उनले भने,‘वर्षाको समयमा सीमा जोडिएका पालिकाले आफ्नो क्षेत्रको सडक मर्मत मात्रै गर्ने हो भने पनि जनतालाई सहज हुने छ ।'

लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर राईले क्षेत्रको विकासमा निस्वार्थ भावले लाग्नुपर्ने बताए । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रकुमार मगरले नीतिगतरुपमा अघि बढे विकास सम्भव हुने बताए । 

त्यसैगरी उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर मगरले छलफल हुनु सकारात्मक भएपनि यसको कार्यन्वयन फितलो हुने बताए । कार्यक्रममै कटारी नगरपालिकाका उपमेयर गिता खड्काले कटारी घुर्मी सडकको स्तरोन्नतिमा जोड दिइन् । 

त्यस्तै ताप्ली गाउँपालिकाका उपाध्यक्ष धना मगरले वेतेनी–माझखर्क, घुर्मी–कुमलटार, नुनथला–रुपाटार–ठानागाउँ सडकको स्तरोन्नती र ताप्ली पोखरीको पर्यटन प्रर्वद्धनका लागि सहयोग/सहकार्य गर्न अन्य पालिकाहरूलाई आग्रह गरिन् । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.