कर्मचारी संगठनको प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी

कर्मचारी संगठनको प्रदेश १ अध्यक्षमा रुद्र सुवेदी
सुन्नुहोस्

विराटनगर : नेकपा (माओवादी केन्द्र) निकट नेपाल निजामति राष्ट्रिय कर्मचारी संगठन प्रदेश १ को अध्यक्षमा रुद्र सुवेदी सर्वसम्मत चयन भएका छन्। 

विराटनगरमा मंगलबार सम्पन्न संगठनको प्रदेश सम्मेलनले सुवेदीको अध्यक्षतामा ४० सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा नारायण राय यादव, ताराकिरण राई, नमिता पौडेल तामाङ, जमान सिंह मोक्तान र रत्नप्रसाद चौंलागाई चुनिएका छन्। 

त्यस्तै सचिवमा अम्बर राई, सह–सचिवमा खगेन्द्र पौडेल, उत्तम आचार्य, वेदनिधि कार्की ढोली चयन भए। कोषाध्यक्ष प्रकाश राई र सह–कोषाध्यक्ष राजीव बस्नेत चयन भएका छन्।

सदस्यहरुमा गोपाल बराल, कृष्ण घिमिरे, हेमु पोर्तेल, विन्देश्वर साह, रामप्रसाद मिश्र, दीपेन्द्र कार्की, गणेशबहादुर गुर्धामी, डम्बरकुमार राई, बाबुराम बस्नेत, श्रीराम पण्डित, मीनप्रसाद पराजुली, तोषल भट्टराई, बालकृष्ण दंगाल चयन भएका छन्। अन्य सदस्यमा हिमाल दनुवार, डा.नागेन्द्रबहादुर दाहाल, भानुभक्त श्रेष्ठ, देबेन्द्र चापागाईं, लेखराज मगर, रजनी याम्फू राई, उमेश राई, अम्बिका सुवेदी, सौगात रेग्मी, सरोज सुवेदी, रमिताकुमारी सिंह, चिन्तामणि पोखरेल, दिनेश ढुंगाना र अञ्जु चौधरी रहेका छन्। 

कर्मचारी संगठनको सम्मेलनको पूर्वउर्जा मन्त्री तथा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुषालले उद्घाटन गरेकी थिइन्। सम्मेलनमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, माओवादी केन्द्रका सचिव राम कार्की लगायतको सहभागिता थियो। सम्मेलनमा प्रदेश १ का १४ वटै जिल्लाबाट माओवादी केन्द्रनिकट ३ सय ५० जना कर्मचारीहरु उपस्थित थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.