प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा पानी पर्ने

काठमाडौं: जल तथा मौसम पूर्वानुमान महाशाखाले प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
मौसमबारेको नियमित बुलेटिन सार्वजनिक गर्दै महाशाखाले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमध्ये एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।
ताप्लेजुङ सदरमुकामसहित आसपासका क्षेत्रमा सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात सुरु भएको छ। पूर्वी पहाडी केही जिल्लामा छिटफुट पानी परेको छ।
प्रतिक्रिया दिनुहोस !
