प्रदेश १ का पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना

काठमाडौं: अहिले नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसका कारण प्रदेश नं १ का पहाडी भूभागका एकदुई स्थानमा मेघ गर्जन /चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
प्रदेश नं १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहने तथा बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
यस्तो छ तीन दिनको मौसमी पूर्वानुमान
२०७९ फागुन १२ गते (शुक्रबार)
दिउँसो: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ को पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति: प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७९ फागुन १३ गते (शनिबार)
दिउँसो: प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
२०७९ फागुन १४ गते (आईतबार)
दिउँसो: देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन /चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
राति: प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
प्रतिक्रिया दिनुहोस !
