सामसङको ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरु

सामसङको ग्यालेक्सी एस २३ सिरिजको बिक्री सुरु
सुन्नुहोस्

काठमाडौं : ग्यालेक्सी २३ अल्ट्राका लागि ग्राहकहरूबाट अत्यधिक माग भएसँगै ग्यालेक्सी २३ सिरिजको प्रि-अर्डरको रेकर्ड तोडिएको छ।

सामसङले आफ्नो उत्पादनकै सबैभन्दा अब्बल मानिएको ग्यालेक्सी एस २३ स्मार्टफोनहरूलाई यसको प्रि-अर्डरको चापलाई मध्यनजर राख्दै बजारमा उपलब्ध गराएको छ। 

ग्यालेक्सी एस २३ सिरिजको प्रि-अर्डर आफैंमा एक ठूलो सफलता भएको छ। गत वर्ष ग्यालेक्सी एस२२ सिरिजकोभन्दा बढी प्रि-अर्डर आएको र त्यसमा पनि ८५ प्रतिशतभन्दा बढी अत्यधिक प्रिमियम ग्यालेक्सी एस२३ अल्ट्राको प्रि-अर्डर भएको छ। 

पछिल्लो समय प्रिमियम उत्पादनहरूको माग अझ बढ्दै गइरहेको देखिन्छ। ग्राहकहरू सामान छनोट गर्दा अझै धेरै सतर्क हुन थालेका छन् र  लामो समयसम्म टिक्ने, गुणस्तरीय र भविष्यको लागि तयार भएको सामानहरू नै रोज्न थालेका छन्। 

सामसङका निर्देशक श्री प्रणय रत्न स्थापितले भने 'हामी हाम्रा ग्राहकहरू प्रति यो अविश्वसनीय प्रतिक्रियाको लागि अत्यन्त आभारी छौं। यो प्रि-अर्डरको परिणामले हामीले नवीनतम प्रविधिको आविष्कार र सस्टेनिबिलिटिमा देखाएको प्रतिबद्धता र हाम्रो ब्राण्डप्रति ग्राहकहरूले देखाउनु भएको बलियो विश्वास झल्किएको छ।'

देशभरका डिलरहरूले एस २३ सिरिजको लन्च र सफलताको खुशीयाली मनाएका छन्। यस ग्यालेक्सी एस२३ सिरिज प्रति ग्राहकहरूले देखाएका माया र लगावका कारण बजारमा सबै  डिलरहरू उत्साहित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.