बिर्तामोडमा मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

बिर्तामोडमा मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ
सुन्नुहोस्

झापा : झापामा दिनहुँजसो मोटरसाइकल चोरीका घटना भइरहेको छ। यसै क्रममा झापा प्रहरीले मोटरसाइकल चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा मोरङ जिल्ला रतुवामाई नगरपालिका-५ निवासी २४ वर्षीय प्रकाश थापा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले उनलाई शुक्रबार साँझ पौने ६ बजे झापाको बिर्तामोडबाट पक्राउ गरेको हो। 

अर्जुनधारा नगरपालिका-५ निवासी एकराज बुढाथोकीले बिर्तामोड-४ मा पार्किङ गरी राखेको लु ८२ प १३४६ नम्बरको पल्सर मोटरसाइकल चोरी गरी लैजाँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। 

मोटरसाइकलसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय अनारमनिमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.