हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना सुरु

हुण्डाईको विद्युतीय गाडीमा एक्सचेन्ज अफर योजना सुरु
सुन्नुहोस्

काठमाडौं : लक्ष्मी इन्टरकन्टिनेन्टल आफ्नो विद्युतीय गाडीहरूमा आकर्षक एक्सचेन्ज अफरको सुरु गरेको छ। 

कम्पनीले ‘अपग्रेड योर जर्नि विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो। लक्ष्मी नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक हो। 

जसअन्तर्गत ग्राहकहरूले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन्।

यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मूल्यांकन ४० लाख कायम गरिएको छ। जुन हालसम्मको मूल्यांकनमा सबैभन्दा बढी भएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ।

यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्टिक वा आयोनिक फाइभको उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्ने कम्पनीले बताएको छ।

यो एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई सोरुमहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ स्टेशनमार्फत नेपालभरी सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङको सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.