यू १९ विश्वकप छनोट : नेपाललाई हङकङले दियो १२१ रनको लक्ष्य

सुन्नुहोस्
Powered by
ONE
यूएई : पार्थ भागवतको ३६ प्रेरित हङकङले आईसीसी यू १९ विश्वकप एसिया रिजन छनोटमा नेपाललाई एक सय २१ रनको लक्ष्य दिएको छ। यूएईको एज्मानस्थित मालेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४६.३ ओभरमा सबै विकेट गुमाएर एक सय २० रनको योगफल तयार गर्यो।
हङकङका लागि पार्थले ९३ बलमा चार चौकासहित सर्वाधिक ३६ रनको योगदान गरे। यस्तै, मोहम्मद अलियान जाहिरले ६७ बलमा तीन चौकासहित २९ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
नेपालका लागि हेमन्त धामीले ९ ओभरमा १९ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै,आकाश चन्द र सुवाष भण्डारीले दुई–दुई विकेट लिए। यस्तै,दीपेक कँडेलले एक विकेट लिए।
नेपालले शनिबार भएको खेलमा कुवेतलाई दुई सय ४३ रनले पराजित गरेको थियो। यस्तै,त्यसअघि फेब्रुअरी २४ मा भएको खेलमा नेपालले सिंगापुरलाई ९६ रनले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !
