सप्तरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु

सप्तरीमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
एकापसमा ठोक्किएको स्कारपियो र बोलेरो। तस्बिर : मनोहर पोखरेल।
सुन्नुहोस्

सप्तरी : सप्तरीमा भएको दुई अलग दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। बिहेको घोडा बोकेको प्र २–०२–००१ च ०७४६ नम्बरको बोलेरो पिकअप र यात्री बोकेको बा.१८ च ६६१७ नम्बरको स्कारपियो कञ्चनरुप नगरपालिकामा मङ्गलबार बिहान एकापसमा ठक्कर खाँदा एक महिला र एक पुरुषको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

कञ्चनरुप नगरपालिका–९ बिष्णु मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा एकापसमा ठोक्किएको घोडा बोकेको बोलेरो पूर्वबाट पश्चिम र स्कारपियो पश्चिमबाट पूर्वतर्फ जाँदै थियो। मृत्यु हुने सुनसरीको दुहबी नगरपालिका–३ का संजय चौधरीको श्रीमती ४० वर्षीया राजकुमारी चौधरी र सोही उमेरका हरेराम साह स्कारपियोमा सवार रहेको सप्तरीका एसपी नरेन्द्र कार्कीले बताए।

बोलेरो पिकअपमा रहेका दुई ओटा घोडामध्ये एउटा उछिट्टिएर सडकमा पछारिदा तत्कालै मृत्यु भएको छ। दुवै गाडीमा सवार १२ जना घाइते भएकोमा कञ्चनरुपस्थित धर्मेश्वर अस्पताल ठेलियामा प्राथमिक उपचारपश्चात थप उपचारका लागि विराटनगर पठाइएको छ।

यसैगरी सोमबार मध्यराति सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ पोर्तहास्थित पूर्व–पश्चिम राजमार्गमा भारतीय नम्बरको कारले ठक्कर दिंदा अपरिचित एक व्यक्तिको मृत्यु भएको छ। 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका जीजे १० बिजी ८१३३ नम्बरको कारको ठक्करले पैदल यात्रीको मृत्यु भएको सप्तरीका डिएसपी नरेशकुमार सिंहले बताए। ठक्करले घाइते भइ उपचारको लागि स्थानीय भारदह अस्पताल लगिएकोमा उपचारको क्रम्मा उनको मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने कार र कार चालक भारत सुपौल जिल्ला भिमनगरका ४९ वर्षीय राहुल सिंहलाई नियन्त्रणमा लिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.