पुराना रुख काट्ने नयाँ रुख रोप्ने अभियान सुरु
सन्धिखर्क : अर्घाखाँचीमा 'पुराना रुख काट्ने नयाँ रुख रोप्ने' अभियान सुरु भएको छ।
जिल्लाको शीतगंगा नगरपालिका-१३ भंगलास्थित धिरिखोला सामुदायिक वन उपभोक्ता समूहले वन प्रवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन सुरु गरेको हो।
स्थानीय उपभोक्ताको आयआर्जन र स्वरोजगारका साथै भावी पुस्तासम्म वन संरक्षणका लागि वन व्यवस्थापन प्रभावकारी हुने लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका वन निर्देशक जीवन पंगेनीले जानकारी दिइन्।