मालपोतका सुब्बा र लेखापढि व्यवसायी अख्तियारको फन्दामा

मालपोतका सुब्बा र लेखापढि व्यवसायी अख्तियारको फन्दामा
तस्बिर : अन्नपूर्ण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय जलेश्वरमा कार्यरत सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढि व्यवसायी ५७ वर्षीय सुभाषचन्द्रलाल कर्णलाई नियन्त्रणमा लिएको हो ।

जनकपुरधाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि सुधार तथा मालपोत कार्यालय जलेश्वरमा कार्यरत एक कर्मचारी र लेखापढि व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले मालपोत कार्यालय जलेश्वरमा कार्यरत सुब्बा ५५ वर्षीय रामकृष्ण पण्डित र लेखापढि व्यवसायी ५७ वर्षीय सुभाषचन्द्रलाल कर्णलाई नियन्त्रणमा लिएको हो ।

मालपोत कार्यालय जलेश्वरको मुद्दा शाखामा कार्यरत जलेश्वर नगरपालिका–११ बस्ने सुब्बा पण्डितले सेवाग्राहीसँग मुद्दा फैसलाका लागि ९ हजार रुपैयाँ लिएर सम्सी गाउँपालिका–७ बस्ने सुभाष भू–सेवा केन्द्रका लेखापढि व्यवसायी कर्णको जिम्मा लगाएका थिए ।

दुबैजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरू गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.