मुख्यमन्त्री कार्यालय अगाडि मिटरब्याज पीडितको धर्ना

मुख्यमन्त्री कार्यालय अगाडि मिटरब्याज पीडितको धर्ना
तस्बिर : विजयकुमार सिंह
सुन्नुहोस्

ढल्केवर :जनकपुरधाममा आन्दोलित मिटरब्याज तथा लघुवित्त पीडितहरूले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् । बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्दोलिनरत  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय घेराउ गर्न पुगेका मिटरब्याज तथा लघुवित्त पीडितहरू सडकमै धर्ना बसेका हुन् ।

प्रदर्शनकारीहरूलाई मुख्यमन्त्री कार्यालयको मुलगेट पछाडि प्रहरीले सुरक्षा घेरा हालेर रोकेका छन् । र्‍यालीलाई प्रहरीले रोकेपछि उनीहरूले सडकमै धर्ना बसेर नाराबाजी गरिरहेका छन् ।

मिटरब्याजविरूको संघर्ष समिति नेपालको आयोजनामा मिटरब्याजी पीडितहरू आन्दोलनमा होमिएका हुन् । जनकपुरधामको रंगभूमि मैदान बाह्रबिघाबाट प्लेकार्डसहित निकालिएको र्‍याली अहिले मुख्यमन्त्री कार्यालय पुगेको छ।

मुख्यमन्त्री सरोज कुमार यादवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको मिटरब्याजविरुद्धको संघर्ष समिति नेपालका अध्यक्ष मनोज पासमानले जानकारी दिए ।

उनीहरू सुदखोरहरूलाई गिरफ्तार गर,तमसुक व्यवस्था खारेज गर,मिटरब्याजीको सम्पति छानविन गर,पीडितको सम्पति फिर्ता गरलगायतका मागहरू अघि सार्दै आन्दोलित भएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.