नयाँ स्काई भोड्का सार्वजनिक

सुन्नुहोस्
Powered by
ONE
काठमाडौं : उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको छ।
सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादका लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन, बजारमा ल्याइएको प्रिमियम भोड्का ब्रान्ड हो।
पाँच पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिङ टेस्ट छ। जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ।
उत्कृष्ट तथा रिफ्रेसिङ टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ।
प्रतिक्रिया दिनुहोस !
