जापानको सहयोगमा विद्यालय भवन निर्माण
नुवाकोट : भूकम्पले क्षति पुगेको नुवाकोटको पिपलटारस्थित चन्द्रज्योति माविको पक्की भवन निर्माण गरिएको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक सहयोगमा तीन तल्ले नौ कोठे पक्की भवन निर्माण गरिएको हो।
भवन निर्माणका लागि दुई करोड रुपैयाँ खर्च भएको विद्यालयले जनाएको छ। सो विद्यालयमा तीनसय ५० जना विद्यार्थी अध्ययनरत छन्।