अर्थतन्त्रको बिसञ्चो

अर्थतन्त्रको बिसञ्चो
सुन्नुहोस्

राजनीति सङ्लो होस् र त्यसले अर्थतन्त्रलाई सही मार्गमा डोर्‍याओस् भन्ने हो। तर दल र तिनका नेताहरू भने ‘आगलगी बस्ती मे, मस्तराम मस्ती’को हालतमा छन्, केवल कुर्ची, कुर्ची र कुर्चीकै खेलमा दौडिरहेका छन्। त्यसबापत सर्वसाधारण उपभोक्ताले महँगीमा चुकाइरहनुपरेको छ।

विदेशी मुद्राको सञ्चिती विस्तारी बढ्दै छ भनेर मुलुकको अर्थतन्त्र उकालो लाग्ला भन्ने आशाको सञ्चार कतिपयले गर्न थालेका छन्। व्यापार, व्यवसायमा भने त्यस्तो अनुभूति गर्नेहरू छैनन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत नेपाली अर्थतन्त्र सुधारोन्मुख भए पनि जोखिम रहिरहेको बताएको छ।

मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले कसिकसाउ गर्दा गर्दा जोखिम बाँकी हुन र सुधारको अनुभूति उद्योग व्यापार क्षेत्रले नगर्नु र बजार शिथिल हुनुले अर्थतन्त्र गम्भीर बिरामी रहेको बुझ्न सकिन्छ। सरकारले राजस्व संकलनमा दुई दसकयताकै निराशाजनक स्थिति भोग्नु, पुँजीगत गर्न नसक्नुलगायत कारण अर्थतन्त्रमा सिधासिधी असर देखिएको छ।

पछिल्लो समय बैंक ब्याजदर चर्काे भएकाले व्यापार व्यवसायमा असर देखिएको गुनासो पनि चर्कै उठेको छ। तर अर्थतन्त्र चलायमान भएको भए, व्यापार व्यवसाय नसुस्ताएको भए बैंक ब्याज धेरै वा थोरै भयो भन्ने आवाज पक्कै उठ्दैनथ्यो। तसर्थ अहिलेको अर्थतन्त्रमा देखिएको समस्या केवल महँगो बैंक ब्याजका कारण उत्पन्न भएको बुझ्नु पूरापूर सत्य हुन सक्दैन। समस्या आर्थिक प्रणाली र अर्थतन्त्रका तमाम अवयवहरूमा छ। तिनलाई तंग्र्याउँदै चुस्त, दुरुस्त बनाएमात्रै हल निस्कन्छ। घरजग्गाको कारोबार शिथिल छ। सेयर बजार ओरालो लागेको हरिणको बाटोमा छ। त्यसैले नै बैंकहरूका सामु पनि चुनौती देखा परेका हुन्। बैंकले ऋण लगानी गर्न नसक्नु, गरेको लगानी उठाउन नसक्नु जस्ता समस्या सामना गर्नुका पछाडिको कारण अर्थतन्त्र डगमगाउनु नै हो।

अर्थतन्त्र बिरामी पर्नुको मूल कारण भने राजनीतिकै नाभीमा गएर जोडिन्छ। अस्थिर राजनीतिक अवस्था र दलहरू केवल सत्ताकै खेलमा रमाइरहँदा अर्थतन्त्र लथालिंग हुन पुगेको हो। आज जे जति अप्ठेरा भइरहेका छन्, तिनै सबै जड राजनीति नै हो। भुक्तभोगी उद्योगी व्यवसायीको चाहना पनि राजनीति सङ्लो होस् र त्यसले अर्थतन्त्रलाई सही मार्गमा डोर्‍याओस् भन्ने हो। तर दल र तिनका नेताहरू भने ‘आगलगी बस्ती मे, मस्तराम मस्ती’को हालतमा छन्, केवल कुर्ची, कुर्ची र कुर्चीकै खेलमा दौडिरहेका छन्। त्यसबापत सर्वसाधारण उपभोक्ताले महँगीमा चुकाइरहनुपरेको छ, उद्योगी व्यवसायीले घाटा बेहोरिरहनुपरेको छ। बेलैमा सरकार र मुख्य राजनीतिक दलहरूले अर्थतन्त्रको कोर्स ठिक मार्गमा हिँडाउन सकेनन् भने विपत्ति अवश्यंभावी हुने छ। अर्थतन्त्र सघन उपचार गर्नुपर्ने हालतमा नपुगोस्।

यो पनि पढ्नुहोस्


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.