बँदेलको आक्रमणबाट डडेल्धुरामा एकजनाको मृत्यु

बँदेलको आक्रमणबाट डडेल्धुरामा एकजनाको मृत्यु
फाइल तस्बिर।
सुन्नुहोस्

डडेल्धुरा डडेल्धुरामा बँदेलको आक्रमणबाट एकजनाको ज्यान गएको छ।

आइतबार बिहान बँदेलको आक्रमणबाट जिल्लाको अमरगढी नगरपालिका–३ डोटी घटाल, गुजरलेकका ५२ वर्षीय गणेश पल्लेको ज्यान गएको हो।

पल्ले बिहान खेतमा गोरु डोर्याउन गएको बेला बँदेलको आक्रमणबाट परेका थिए।  स्थानीयका अनुसार उनको घटनास्थलमै मृत्यु भएको हो।

डडेल्धुराका प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले घाइते पल्लेको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको बताए। मृतक पल्लेको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.