ओखलढुंगामा बोलेरो दुर्घटना : मृतकको पहिचान खुल्यो
घाइतेलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइयो
ओखलढुंगामा बोलेरो दुर्घटना : मृतकको पहिचान खुल्यो
ओखलढुंगाः चिशंखुगढी गाउँपालिका वडा ३ स्थित दियालेमा भएको दुर्घटनामा मृत्यु भएकाको पहिचान खुलेको छ। दियालेका ५२ वर्षीय मिनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जना गम्भीर छन्।
घाइते ४ जनालाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ।
२५ वर्षीय चालक सुमन कार्की,चिशंखुगढी ३ का ४० वर्षीय केन्द्र बहादुर कार्की र सोही ठाउँकी २६ की सर्मिला श्रेष्ठ,चिशंखुगढी गाउँपालिका १ का खेम बहादुर खत्रीलाई सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको हो । उनीहरूको अनुहार तथा टाउकोमा गम्भीर चोट लागेको छ ।
यस्तै गम्भीर घाइते चिशंखुगढि गाउँपालिका- २ का तिलकुमारी श्रेष्ठलगायतलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी डीएपी दिपक केशीले जानकारी दिए ।
अन्य घाइतेलाई मिसन अस्पताल ओखलढुंगा लगिएको छ।