हिमालयन व्रुअरीको प्रिमियम बियर 'हिमालयन' नेपाली बजारमा

काठमाडौं : सिजी होल्डिङ्स अन्तर्गतको अल्को वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर 'हिमालयन' नेपाली बजारमा ल्याएको छ।
लोकप्रिय 'होलि चाड' लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो। गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो।
चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु-रो माल्टबाट बनेको यो बियरको स्वाद अरू बियरभन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ।
'फर द वन हु डेयरस्' नारामा लन्च भएको सो बियरमा ६% अल्कोहल रहेको कम्पनी ले जनाएको छ। यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने कम्पनीको विव्वास छ।
कम्पनीका अनुसार, 'अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरूले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन। हिमालयन बियर को प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाईमा पर्ने हामी विस्वस्त छौं।'
हिमालयन बियर ३३० एमएल र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन। यस बियर को ६५० एमएलको बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एमएलको बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ।
हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाडौं र कमाण्डो जस्ता लोकप्रिय बियर ब्रान्डहरूको उत्पादन गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस !
