हटाइए १५ सय दोहोरो मतदाता

हटाइए १५ सय दोहोरो मतदाता
सुन्नुहोस्

नुवाकोट : नुवाकोटमा दोहोरो सूचीमा रहेका एक हजार पाँच सय मतदाता सूचीबाट हटेका छन्। मतदाता नामावली अद्यावधिक गर्ने क्रममा दोहोरो मतदाता नामावली भएकाको सूचीबाट नाम हटाइएको हो। 

जिल्ला निर्वाचन कार्यालय नुवाकोटका अनुसार दोहोरो मतदाता, निधन भएका, नाम फरक, दुई स्थानीय तहमा नामावली रहेको लगायत त्रुटि सच्याउने क्रममा नामावलीबाट सो संख्यामा मतदाता हटाइएका हुन्। 

जिल्लाका १ हजार ५ सय दोहोरो मतदाताको नामावली हटाइएको कार्यालय प्रमुख जयप्रसाद गौतमले जानकारी दिए। कार्यालयले सञ्चालन गरेको मतदाता नामावली अद्यावधिक सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो। 

मतदाताले आफ्नो विवरण अनलाइनबाटै अद्यावधिक गर्न सक्ने प्रमुख गौतमले जानकारी दिए। कार्यालयका अनुसार जिल्लामा २ लाख ४० हजार २ सय ७८ जना मतदाता छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.