बैंकमा लोभलाग्दो महिला नेतृत्व

बैंकमा लोभलाग्दो महिला नेतृत्व
सुन्नुहोस्

संरचनात्मक र सांस्कृतिक भिन्नताहरूलाई टेबुलमा ल्याएर प्रभावकारी समाधान निकाल्ने गुण महिला नेतृत्वमा अधिक हुने गरेको उनको भनाइ छ। भन्छिन्, ‘महिलाहरू साहसी र बुद्धिमानी निर्णय गर्न सक्षम हुन्छन्।

काठमाडौं : बैंक तथा वित्तीय संस्थामा ‘करिअर’को आकर्षणसँगै महिला नेतृत्व बढ्दो देखिएको छ। यसकै एक उदाहरण बनेको छ एनएमबी बैंक। २६ वर्षदेखि बैंकिङ सेवामा क्रियाशील एनएमबीका १७ वटा शाखाको नेतृत्व महिलाले गरिरहेका छन्। तीमध्ये आधादर्जन शाखा त नेतृत्वदेखि तल्लो तहसम्म महिला कर्मचारीकै भरमा चलेका छन्। 

कोसीको टंकीसिनवारीमा शोभिता पन्त, मधेसको महोत्तरीमा मल्लिका ठाकुर, बागमतीको बल्खुमा प्रफुल्ला मानन्धर शाखा प्रमुख छन्। गण्डकीको चाउथे शाखामा खिमकुमारी गुरुङ, लुम्बिनीको भलवारी शाखामा सीता भुसाल र सुदूरपश्चिमको धनगढी मेनरोडमा नन्दाकुमारी भण्डारी शाखा प्रमुख छन्। टंकीसिनवारी, महोत्तरी, चाउथे र भलवारमा पाँच महिला कर्मचारी छन्। बल्खुमा ६ र धनगढी मेनरोड शाखा सात महिला कर्मचारीले धानेका छन्। 

नेतृत्व महिलामैत्री हुँदा बैंकिङ कारोबारमा थप ऊर्जा मिलेको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी बताउँछन्। नेतृत्व महिलालाई दिएपछि ४–५ महिनादेखि ती शाखामा उल्लेख्य परिवर्तन देखिएको उनको भनाइ छ। माथिल्लो पदमा भने अझै महिला सहभागीतामा ठूलो अन्तर देखिन्छ। यो अन्तर कम गर्न महिला कर्मचारीलाई विशेष अवसर, तालिमसहित क्षमता वृद्धि गर्ने कार्यक्रममा केन्द्रित हुने केसी बताउँछन्। उनका अनुसार बैंकले ५० प्रतिशत कर्मचारी महिला राख्ने लक्ष्य राखेको छ। हाल ३५ प्रतिशत हाराहारी महिला छन्। महिलाको नेतृत्वमा सञ्चालन भइरहेका प्रदेश शाखाहरूमा ग्राहकबाट राम्रो प्रतिक्रिया पाएको उनको भनाइ छ। 

‘तल्लो तहमा महिलाको उपस्थिति भए पनि माथिल्लो तहमा महिला प्रतिनिधित्व कम भएकाले यसको अन्तर कम गर्दै नेतृत्वमा महिलालाई पुर्‍याउन विशेष तालिम दिएर अगाडि बढाउने, बराबरी अवसर दिने बैंकको नीति छ’, केसी भन्छन्, ‘साथै, निक्षेप तथा कर्जाका विभिन्न प्रोडक्टहरू जारी गर्दा पनि महिलालाई लक्ष्य गरी बैंक अगाडि बढिरहेको छ।’

चाउथे शाखा प्रमुख गुरुङका अनुसार पहिला धेरैजसो बैंकमा महिलाहरू सञ्चालन विभागमा मात्र सीमित हुन्थे। तर, पछिल्लो समय विभिन्न विभाग प्रमुख भई काम गर्ने अवसर बैंकले दिएको उनी सुनाउँछिन्। महिला नेतृत्वले सेवाग्राही लाभान्वित भएको उनको अनुभव छ। ‘मेरो अनुभवमा महिलाले महिला कर्मचारीसँग व्यवहार गर्न र अन्तरक्रिया गर्न बढी सहज महसुस गर्छन्’, उनी भन्छिन्। 

महिलाको धैर्य, समर्पण र कडा परिश्रमले नेतृत्वमा प्रभावकारी भुमिका खल्ने उनी बताउँछिन। महिलाको नेतृत्वमा रहेका शाखामा बैंकिङ सेवा अरूभन्दा पृथक हुनेमा उनी विश्वस्त छिन्। ‘किनभने महिला नेतृत्व भएको बैंकले समग्र महिलाको स्थितिलाई सुदृढ र स्तरोन्नति गर्न मद्दत गर्दछ’, उनी भन्छिन्। 

महोत्तरी शाखा प्रमुख ठाकुर आफू मधेसकै समुदायको भएकाले नेतृत्व उदाहरणीय बनेको र सशक्तीकरणमा मद्दत पुगेको सुनाउँछिन्। उनका अनुसार मधेसी समाजका महिलालाई धेरै प्रतिबन्ध र सीमा छन्। तापनि, बैंकले दिएकोे अवसर मार्गदर्शक बनेको उनी बताउँछिन्। ठाकुरका अनुसार महिलाको नेतृत्वमा रहेका बैंकहरूले लाभदायक व्यवसाय प्रदान गर्छन्। 

‘जसरी घर पूर्ण हुन नारीको भूमिका हुन्छ त्यसैगरी महिलाको नेतृत्वमा सञ्चालित शाखाहरू त्यसैगरी पूर्ण भएको महसुस उनी गर्दछिन्। त्यसैले निःसन्देह बैंकको लाभदायक व्यवसाय वृद्धिका लागि महिलाहरू उचित ठहरेका छन्’, उनी भन्छिन्, ‘मेरो शाखा मधेस प्रान्तको ग्रामीण इलाकामा भारतको सिमाना छेउमा रहेको धेरै कम कर्मचारी र न्यूनतम स्रोतबाट चलेको छ। तर, यो शाखाले पाँच वर्षदेखि राम्रो नाफा जुटाउँदै आएको छ। संगठनले तोकेको हरेक गतिविधि र नयाँ लक्ष्य पनि हासिल गरेको छ।’ 

धनगढी मेनरोड शाखा प्रमुख भण्डारी महिलालाई हार नमान्न प्रोत्साहन गर्छिन्। भन्छिन्, ‘हरेक महिलाले अवसर पाए उपलब्धि हासिल गरेर आफूलाई सक्षम प्रमाणित गर्न सक्छन्। सामाजिक पूर्वाग्रहलाई जित्न जरुरी छ। 
 
मेरो कार्यालयमा धेरै महिलाले समान भावना राख्दछन्। उनीहरूलाई प्रोत्साहन गर्न राम्रोलाई पुरस्कारबाट सकारात्मक सुदृढीकरण गर्न सकिन्छ जस्तो लाग्छ।’ 

बल्खु शाखा प्रमुख मानन्धर आफ्नो नेतृतवमा महिला सशक्तीकरणका थुप्रै काम गर्न सफल भएको बताउछिन्। विभिन्न ठाउँमा आर्थिक साक्षरताका कार्यक्रम आयोजना गरिरहेको र पैसाको वचतदेखी लगानी जस्ता व्यवस्थापन कसरी गर्ने भनेर महिलालाई सजग बनाउँदै आएको उनको भनाइ छ। 

‘यसैक्रममा महिला उद्यमीलाई एसएमई व्यवसाय प्रवद्र्धन गर्न ऋण दिँदै आएका छौं। साथै, शिक्षा, चेतना, साक्षरता र तालिममार्फत महिलाको हौसला बढाइरहेका छौं’, मानन्धर भन्छिन्, ‘हामीले गरेका कार्यक्रममध्ये कीर्तिपुरको महिला उद्यमीहरू पनि एक हुन्। साथै, बल्खु तरकारी बजारको महिलालाई सहुलियत ऋणबाट सहायता गरेका छौं।’ महिलाको नेतृत्वमा रहेका बैंकमा जोखिमप्रतिको सचेतना, जोखिम लिने र व्यवस्थापन कुशल ढंगबाट पूरा गर्न सक्षम हुने उनको दाबी छ। 

टंकीसिनवारी प्रमुख पन्त आफ्नो क्षेत्रमा महिला सशक्तीकरणका लागि सीप र ज्ञानको विकासका लागि विभिन्न उत्प्रेरणा कार्यक्रम सञ्चालन गरीरहेको बताउँछिन्। आत्मविश्वासले नेतृत्वलाई तिखार्ने तर्क गर्छिन उनी। उनका अनुसार महिलाको नेतृत्वमा रहेका बैंकहरूले बढ्दो र लाभदायक व्यवसायको अवसर प्रदान गरेर बैंकहरूलाई फाइदा पुर्‍याउँछन्। 

संरचनात्मक र सांस्कृतिक भिन्नताहरूलाई टेबुलमा ल्याएर प्रभावकारी समाधान निकाल्ने गुण महिला नेतृत्वमा अधिक हुने गरेको उनको भनाइ छ। भन्छिन्, ‘महिलाहरू साहसी र बुद्धिमानी निर्णय गर्न सक्षम हुन्छन्। काम गर्ने वातावरण पनि परिवारमैत्र िहुने भएकाले समूह नै एकजुट भएर काम गर्न सक्छन्।’ 

भलवारी प्रमुख भुसाल महिला पनि हरेक कार्य सम्पादनमा जागरुक बन्दै गएको बताउँछिन्। बैंकले जागरुक, अग्रसर, आत्मनिर्भर र निडर भई कार्य गर्न सक्ने गरी उच्चस्तरीय जिम्मेवारी दिँदै आएको उनको अनुभव छ। हाल सातै प्रदेशमा एक एकवटा महिला नेतृ शाखा स्थापना गरी सेवा सञ्चालनमा ल्याएको उनी बताउँछन्। 

‘साथै बैंकको प्रत्येक शाखामा महिलाको उल्लेखनिय सहभागिता र उच्च कार्यकुशलता प्रदर्शन भएको छ, भुसाल भन्छिन्। उनी आफ्नो नेतृत्व शैली संगठनको उद्देश्य पूरा गर्नका लागि समूहमा रहेकाको उत्साह र विश्वासका साथ काम गर्ने र प्रभावित गर्ने क्षमता रहेको दाबी गर्छिन्। 

यो बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द ब्यांकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि २०१४ सम्मानित भएको छ। एनएमबीले सन् २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ। बैंकका शाखा २ सय १ वटा पुगेका छन्। देशभर १ सय ३८ एटीएम र ११ एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.